Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

अनलाइनविचार संवाददाता
गौरादह, १३ मंसिर २०७७ । झापाको गौरादहमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । गौरादह-१ कि ८५ वर्षिया महिलाको कोरोना संक्रमणका कारण हिंजो मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारि दिनुभयो ।

यहि मंसिर ११ गते नोवेल शिक्षण अस्पताल विराटनगरमा पीसीआर परीक्षण गर्दा १२ गते ति वृद्धा महिलामा संक्रमण पुष्टी भएको थियो । संक्रमित महिलाको अवस्था गम्भिर भएपछि उहाँकै आग्रहमा घर ल्याइएकोमा कोरोना संक्रमण पुष्टी भएकै दिन बेलुकी १० बजे मृत्यु भएको जनाइएको छ ।

यस सँगै गौरादहमा कोरोना संक्रमणका कारण ३ महिला र १० पुरुष गरि १३ जनाको मृत्यु भएको श्रेष्ठले जानकारि दिनुभयो ।
यस्तैगरि, हालसम्म गौरादहमा कोरोना संक्रमित हुनेको संख्या २ सय १९ पुगेको जनाइएको छ । संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या ९३ पुगेको छ । हस्पिटल आइसोलेसन र होम आइसोलेसन गरि १ सय १३ जना सक्रिय संक्रमित रहेको श्रेष्ठले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments