झापा, ७ मंसिर २०७७ । झापामा आज थप ४९ जनामा संक्रमण देखिएको छ । जसमा १६ महिला र ३३ जना पुरुष रहेका छन् ।
आज संक्रमितहुनेहरुमा गौरादहका २ पुरुषमा, दमकका ३ महिला र ८ पुरुष गरि ११ जनामा, बिर्तामोडका १ महिला र २ पुरुष गरि ३ जनामा, भद्रपुरका ३ महिला र ६ पुरुष गरि ९ जनामा, कन्काईमा १ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष गरि ४ जनामा, गौरीगंजका १ महिलामा, कमलका ३ महिला र ४ पुरुष गरि ७ जनामा, शिवसताक्षीका २ महिला र ४ पुरुष गरि ६ जनामा र बाह्रदशीका १ पुरुषमा गरि ४९ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार २ सय ७१ पुगेको छ । हालसम्म संक्रमित २ हजार २ सय ६० जना डिस्चार्ज भएका छन् ।
बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ९ सय १७ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म ९४ जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ३ सय ७४ जनाको पीसीआर गरिएको जनाइएको छ ।






