Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३ मंसिर। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा पहिलो पटक महासचिव पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेको स्रोतले बताएको छ ।

“नेकपाको सचिवालय जसरी चलिरहेको छ, त्यो चलाई हेर्दा हामीले गरिरहेको क्रान्तिको अन्तिम योद्धा हामी नै हुने लगभग पक्का देखिएको छ”, पौडेलले बैठकमा भने, “कुनै पनि निकास दिन नसक्ने तर झगडाको बिऊ निकालिरहने काम यही सचिवालयले गरिरहेको छ, त्यसैले यो सचिवालयको संरचना नै भंग गरौं।” सचिवालय भंग गरेर स्थायी कमिटीमार्फत पार्टीको महत्वपूर्ण निर्णय लिने कामको सुरूवात गर्न जरुरी भइसकेको पौडेलले बताए।

नेकपाको ‘हाई कमाण्ड’ मानिएको सचिवालय बैठकले निकास दिने भन्दा बढी बिबाद र बखेडा झिक्ने काम गरेको र त्यसले सिंगो पार्टी पंक्तिलाई निराश बनाएको निष्कर्ष महासचिव पौडेलले सुनाएका छन्।

अध्यक्षद्वय, स्थायी कमिटी र केन्द्रीय कमिटीको संरचना मात्र राखेर अघि बढनुपर्ने भन्दै सामूहिक राजीनामा गर्नुपर्ने जोड गरेका छन्। “सचिवालयको सदस्य सबैले सामुहिक राजिनामा दिउ”, पौडेलले बैठकमा भने।

सचिवालय कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष लगातार अल्पमतमा परेपछि पौडेलले सचिवालय कमिटीको औचित्यमाथि प्रश्न उठाएका हुन्।

तपाईको प्रतिक्रिया