Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

शान्ति सुब्बा
गौरादह, २ कार्तिक २०७७ । झापाको गौरादहमा आज(आइतबार) एकै परीवारका ३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र २ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुने गौरादह-५ का २ जना श्रीमान श्रीमती र एकजना संक्रमित पुरुषका भाई रहेको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

संक्रमित ३ जना नै व्यवसायी रहेका छन् । दुईजना श्रीमान श्रीमती गौरादह-५ को स्कुलचौनमा मासु व्यवसाय सञ्चालन गर्दै आएको जनाइएको छ । यस्तै, संक्रमित पुरुषका भाई दमकमा औषधी व्यवसाय सञ्चालन गर्दै आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुन सक्ने आशंकामा आफैं सःशुल्क नोवेल हस्पिटल विराटनगरमा पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टी भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यस्तैगरि, हिंजो(शनिबार)गौरादह-१ का २ जनामा संक्रमण पुष्टी भएको छ । नोवेल हस्पिटलमा उपचारकै क्रममा मृत्यु हुनु भएको ६९ वर्षीय वृद्धको दाहसंस्कार गरिसकेपछी रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै २५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको जनाइएको छ । संक्रमण पुष्टी भएका व्यक्ति काठ्माडौंबाट घर आएको जनाइएको छ ।

कोरोना संक्रमणको आशंकामा आफैं सःशुल्क नोवेल हस्पिटल विराटनगरमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको भट्टराईले बताउनुभयो । आज ३ जनामा र हिंजो २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ११ महिला र ३१ पुरुष गरि ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गौरादहमा हालसम्म ८ महिला र १६ पुरुष गरि २४ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का २ जना पुरुषको मृत्यु भइसकेको छ ।

हाल ३ जना महिला र १३ पुरुष गरि १६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा १ जना जनप्रतिनिधि सहित ३ जना होम आइसोलेसनमा र ११ जना गौरादह-७ को जुरोपानी स्वास्थ्य चौकी नयाँ भवनको आइसोलेसनमा र २ जना हस्पिटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया