Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

अनलाइन विचार
गौरादह, २६ असोज २०७७ । झापाको शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले वार्षिक प्रतिवेदन २०७७ सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७६।०७७ मा सहकारीले २ करोड २९ लाख ४९ हजार २ सय ८६ रुपैयाँ खुद मुनाफा गरेको छ ।

सो नाफाबाट संस्थाले १२ लाख ४७ हजार ५ सय ६२ रुपयाँ कर तिरेर बाँकी रहेको २ करोड १७ लाख १ हजार ७ सय २३ रुपैयाँ शेयर सदस्यहरुमा लाभांस तथा अन्य कोषहरुमा  बाँडफाँड गर्ने भएको छ । उक्त बाँडफाँडको रकम गत आर्थिक बर्षको भन्दा १८ लाख ६८ हजार ५सय ८७ रुपैयाँ बढी रहेको प्रतिवेदनले देखाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कोभिड १९ को कारण बिगत जस्तो शेयर सदस्यहरुको बृहत उपस्थितिमा साधारण सभा गर्न नमिल्ले भए पछि संस्थाले २२ औं साधारण सभा यही असोज २७ गते देखि कार्तिक ५ गते सम्म ९ दिनको तालिका बनाएर पूर्ण स्वास्थ्य सावधानीका साथ साधारण सभा गर्ने भएको छ ।

असोज २७ गते मंगलबारबाट सुरु हुने सो २२ औं वार्षिक साधारण सभामा पेश गर्ने वार्षिक प्रतिबेदन आज सोमवार सहकारीको आफ्नै सभा हलमा एक कार्यक्रमका बीच संस्थाक अध्यक्ष, पदाधिकारी तथा सल्लहाकारहरु सहितले संयुक्तरुपमा सार्बजनिक गरेका हुन ।

साधारण सभामा सहभागि हुन आउने शेयर सदस्यले पूर्व निर्धारीत आफ्नो पालो अनुसार उपस्थित भई स्वास्थ्य मापदण्ड अनुसार माक्स अनिवार्य लगाउनु पर्ने तथा सामाजिक दुरीको पालना गर्नुपर्न संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताए । कार्कीका अनुसार साधारण सभामा सहभागिहुन आउनने शेयर सदस्यहरुलाई परिवहन खर्च ५१० रुपैयाँ र ५१० रुपैयाँ बराबरको सामान खरिद कुपन उपलब्ध गराइने छ ।

५० पृष्ठको वार्षिक प्रतिवेदन २०७७मा संस्थाको बिस्तृत प्रगति बिवरण तथा अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन समावेश गरिएको छ । प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक बर्ष २०७७। ०७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययन गरी सेयर सदस्यहरुबाट लिखित रुपमा तथा वैकल्पिक संचारको माध्यमबाट साधारण सभामा रचनात्मक सल्लाह सुझाबको अपेक्षा समेत गरिएको अध्यक्ष कार्कीले बताए ।

सहकारीद्वारा सार्वजनिक गरिएको सो आर्थिक प्रतिबेदनका अनुसार आर्थिक बर्ष २०७६।०७७ सम्ममा संस्थामा २८ सय ९१ जना सेयर सदस्यहरु रहेका छन् । कुल सेयर पुजी ७ करोड ३७ लाख ५ हजार ९ सय रहेको छ । २०७७ असार मसान्तसम्म संस्थाको कुल कारोवार वासलत ६६ करोड ६४ लाख २४ हजार ४ सय १४ रहेको छ ।

सहकारीका अध्यक्ष प्रकाश कार्कीको सभापतित्वमा सचिव हेमचन्द्र घिमिरे(राजु)ले संचालन गरेको सो वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सदस्य डिल्लि रिजालले उपस्थितलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments