Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

अनलाइनविचार संवाददाता

गौरादह, २३ असोज २०७७ । झापाको गौरादहमा गत असोज १२ गते भएको वृद्धा महिलाको बीभत्स हत्या गरेको आरोपमा मृतक महिलाका श्रीमान भिम भण्डारीलाई पक्राउ गरी दोस्रो पटक ७ दिने म्याद थप गरेको छ ।

हिंजो बिहिवारदेखि लागु हुने गरि ७ दिने म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक(डिएसपी)तथा प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

यहि असोज १६ गते अनुसन्धानका लागि भन्दै पहिलो पटक ७ दिने म्याद थपेको थियो । घट्ना भएको आज १२ दिन बितिसकेको छ । तरपनि अहिले सम्म पनि प्रहरीले घट्ना अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

अहिलेसम्म पोष्टमार्टमको रिपोर्टको आधार, प्रहरीको अनुसन्धानले हत्याको आशंका मृतकका श्रीमान भण्डारी लाई नै गरिंदै आएको छ । प्रवक्ता थापाका अनुसार घट्ना अनुसन्धानकै क्रममा रहेकोले ७ दिनसम्म मृतक महिलाका पति सँग सोधपुछ गर्ने कार्य भैरहेको बताउनुभयो । श्रोतका अनुसार बयान लिने क्रममा आरोपित भण्डारीले आफूले श्रीमतीको हत्या गरेको अस्वीकार गर्दै आएका छन् ।

असोज १२ गते सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममता पूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया मनमाया भण्डारी(पार्वता)को शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टका अनुसार मृतक महिलाको टाउकोमा कुनै भारी वस्तुले प्रहार गरेको हुन सक्ने प्रवक्ता थापाले बताउनुभयो ।

प्रहरीले घट्ना छानबीन गर्दै सत्य तथ्यको नजिक पुगेको भनेर भनिएतापनि घट्ना भएको यतिका दिन सम्म किन हत्यारा सार्वजनिक भएको छैन?

तपाईको प्रतिक्रिया