झापा, २१ असोज २०७७ । देशभर आज थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार २ सय ६१ र २ हजार १ सय ७८ जना पुरुष रहेका छन् ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको बताए ।
यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय २६ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार २ सय ९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ४ हजार १ सय ६४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २५ हजार ७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १४ हजार ४ सय ११ जना र संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही गरि ७ जिल्ला रहेका छन् ।
यस्तै, सोलुखुम्बु, मनाङ र मुस्ताङ गरी ३ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय ३३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।






