Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

शान्ति सुब्बा
गौरादह, २० असोज २०७७ । झापाको गौरादहमा नगर प्रमुख रोहित कुमार शाहको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यहि असोज १९ गते नगरप्रमुख शाह सहित ६४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

जसमा नगर प्रमुख शाहको स्वाब संकलन गरि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा वहाँको हिंजो नै कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आइसकेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बाँकी ६३ जनाको रिपोर्ट भने, मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उनिहरुको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले बताउनुभयो । असोज १७ गते नगर प्रमुख रोहित कुमार शाहको श्रीमतिमा कोरोना संक्रमण पुष्टी भएपछि वहाँको कन्टयाक्ट ट्रेसिङ्को आधारमा नगर प्रमुख शाह सहित ४० जनाको स्वाब संकलन गरिएको थियो । जसमा ८ महिला र ३२ पुरुष रहेका छन् ।

यस्तै, जुरोपानी सामुदायिक क्वारेन्टाइनमा बसेका २ जना महिला र २१ पुरुष गरि २३ जना र संक्रमित भई आइसोलेसनमा बसेका २२ वर्षका पुरुषको स्वाब संकलन गरिएको थियो । जसमा १० महिला र ५४ पुरुष गरि कुल ६४ जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका सबै नगरपालिका भित्रका नै रहेको जनाइएको छ । यस्तै, स्वाब संकलन गरिएकाहरु १२ देखि ७६ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तैगरि, नमुनाखेतीको क्वारेन्टाइनमा २५ जना र जुरोपानी सामुदायिक भवनको क्वारेन्टाइनमा गरि कुल ४८ जना गौरादह नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म १ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गरिसकिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया