Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ४ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ६९ महिला र ८ सय ५६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय ६६ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ ।

आजसम्म पीसीआर विधिबाट ९ लाख १४ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४ सय ५१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार ४ सय ७८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ४ सय ७ जना र संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ९ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ९० जना संक्रमित आइसियुमा रहेका छन् भने, ३६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, कोभिड-१९ का कारण आज थप १० जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा ६ महिला र ४ जना पुरुष रहेको बताए ।
जसमा काठ्माडौंकी ४०, ६० र ६३ वर्षिया महिला, ललितपुरकी ७५ व्र्षिया महिला, भक्तपुरकी ७२ वर्षिया र पाल्पाकी ४० वर्षिया महिला रहेका छन् । यस्तै, काठ्माडौंका ८२ वर्षिय पुरुष, धनुषाका ७६ वर्षिय पुरुष, भक्तपुरका ८० वर्षिय पुरुष र रुपन्देहीका ६७ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया