Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

शान्ति सुब्बा
गौरादह, ३१ भदौ २०७७ । झापाको गौरादहमा आज १ जना स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ वर्षिय १ महिलामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गरिएका ५४ मध्ये ५२ जनाको यसअघि रिपोर्ट नेगेटिभ आएको थियो । जसमा ३२ जना क्वारेन्टाइनका र २० जना समुदायका रहेका थिए ।

समुदायका १ महिला र १ पुरुष गरि २ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । सोही होल्डमा राखिएको २ जना मध्ये १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ भने, अर्का १ पुरुषको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुने महिला दमकको लाइफ लाइन अस्पतालमा कार्यरत महिलामा संक्रमण भेटिएको श्रेष्ठले अनलाइनविचार लाई बताए । संक्रमित महिला गौरादह-५ की रहेकी छन् ।

कोरोनाको जोखिम बढ्न नदिन यहि भदौ २८ गते गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेतीको क्वारेन्टाइनमा बसेका ८ जना महिला र २४ पुरुष गरि ३२ जना र कन्टयाक्ट ट्रेसिङका आधारमा ४ जना महिला र १८ पुरुष गरि २२ जना गरेर ५४ जनाको स्वाब संकलन गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड ल्याबमा पठाइएको थियो ।

जसमा क्वारेन्टाइनका ३२ र समुदायका २० गरि ५२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने, दुई जनाको रिपोर्ट आउन बाँकी रहेको थियो ।

गौरादहमा आज एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै ६ महिला र १४ पुरुष गरि २० जनामा मात्र संक्रमण पुष्टी भएको श्रेष्ठले जानकारी दिए । जसमा ५ जना महिला र १४ पुरुष गरि १९ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेको जनाइएको छ ।

यस्तै, हालसम्म जुरोपानीको क्वारेन्टाइनमा ३४ र जनता मा.वि. को क्वारेन्टाइनमा १९ जना गरि ५३ जना गौरादहको क्वारेन्टाइनमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताए ।

गौरादहमा हालसम्म १ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमा समुदायका ५ सय ५४ जना रहेका छन् भने, ८ सय ३२ जना क्वारेन्टाइनका रहेको श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया