Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, २८ भदौ २०७७ । मुलुकभर आज थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ सय ६५ महिला र ६ सय ७४ पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ७३ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार १ सय ६५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ४० हजार ५ सय २७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १५ हजार १ सय १७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ३ सय ८७ जना र संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, सर्लाही, काठ्माडौं, चितवन, ललितपुर, भक्तपुर र रुपन्देही गरि ८ जिल्ला रहेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ६९ जना संक्रमित आइसियुमा रहेका छन् भने, २३ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृतकमा ३ महिला र ६ जना पुरुष रहेको बताए । जसमा काठ्माडौं की ६५ वर्षिया दुई महिला र कास्की की ४५ वर्षिया महिला महिला रहेका छन् ।

यस्तै, मोरंगका ६९ वर्षिय पुरुष, काठ्माडौंका ५९, ७०, ६४, ५९ वर्षिय पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments