Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

शान्ति सुब्बा

कमल, २४ भदौ २०७७ । झापाको कमलगाउँपालिकामा समुदायका थप १ जनाकोे पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आज संक्रमण पुष्टी भएका संक्रमित होल्डमा राखिएका २ जना मध्ये १ जना २५ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएकोे कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

यहि भदौ २१ गते समुदायका र क्वारेन्टाइनका गरि २० जनाको स्वाब संकलन गरि पठाइएकोमा हिंजो १८ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकी २ जनाको होल्डमा राखिएको थियो । जसमध्ये बाँकी रहेको २ जनामा आज १ जनामा वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा संक्रमण पुष्टी भएको छ भने, १ जनाको अझै होल्डमा नै  रहेको थुलुङ्ले जानकारी दिए ।

२० जना मध्ये, क्वारेन्टाइनमा बसेका ८ जना, यसअघि कोरोना पोजेटिभ पुष्टी भएकाहरुको १ महिला र ७ पुरुष गरि ८ जना र समुदायका ४ मध्ये २ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाँकी २ जनालाई होल्डमा राखिएको थियो । आज संक्रमण पुष्टी हुने पुरुष कमलगाउँपालिका-६ का स्थानीयबासी रहेको जनाइएको छ ।

यसैबीच, आज १ जनामा संक्रमण पुष्टी भएसँगै कमलमा कोरोना पोजेटिभको संख्या १७ महिला र २९ पुरुष गरि ४६ पुगेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए । ४६ कोरोना संक्रमित मध्ये हालसम्म १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यस्तैगरि हालसम्म कमलको आइसोलेसनमा ८ महिला र ८ पुरुष गरि १६ जना, होम आइसोलेसनमा ४ महिला र ६ पुरुष गरि १० जना र २ जना वी.पी.कोइराला प्रतिष्ठान धरानको प्रयोगशालाको आइसोलेसनमा गरि २८ जना संक्रमित बिरामी उपचारको क्रममा रहेको र आज थप भएको संक्रमित पुरुषलाइ भने कुन आइसोलेसनमा पठाइने टुंगो नलागिसकेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया