Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

खगेन्द्र नेउपाने

झोलाहरु पार्टीका हुन्छन्
ब्याग र सुटकेशहरु चैं सरकारका
झोलाहरु सँधै झोला भएर बाँचिरहन्छन्
जिन्दावाद र मूर्दावादमा नाँचिरहन्छन्
जितको आशमा कम्मर भाँचिरहन्छन्

झोला कहिल्यै ब्याग हुन सक्दैनन्
झोला कहिल्यै सुटकेश हुन सक्दैनन्
झोलाहरु पुलसम्म आफ्ना नेतालाई पुर्याएर फर्कन्छन्
पुल पारि पुगेपछि नेताहरुले झोला बिर्सन्छन्

सुटकेश भिर्छन्
किनकि सुटकेशहरु
कहिल्यै पार्टीका हुँदैनन्
ति त सरकारका हुन्छन्
सरकार बदलिइरहन्छ
तर सूटकेश बदलिंदैन

झोलाहरु झोले हुन्छ
तर सुटकेश सुटकेशे हुँदैन
जनतासंगका बाचाहरू यतै झोलाभित्रै रहन्छ
सुटकेशलाई त्यसको वास्ता छैन
त्यसैले सुटकेशले गर्दा देश कहिल्यै बन्दैन
किनकि सुटकेश पुल वारिको होइन ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments