Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं, १४ साउन २०७७ । बिदामा आएका नेपाली कामदार ओमानमा फर्किएर काम गर्न पाउने भएका छन् । मस्कटस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाईको निर्णयानुसार आवासीय भिसा भएका नेपाली कामदार पुनः कम्पनीमा फर्किएर आफ्नो रोजगारलाई निरन्तरता दिन पाइनेछ ।

त्यसको लागि ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृति भने चाहिन्छ ।

दूतावासले पुनःश्रम स्वीकृति लिइ ओमान आउने नेपाली कामदारलाई आफ्नो विवरण दूतावसासमा पेश गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया