Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
काठमाडौं, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन धमाधम केन्द्रलाई बुझाउँदै छ । जसअन्तर्गत तीन वटा प्रदेशले सर्वसम्मत सिफारिस गरेका छन् । सर्वसम्मत सिफारिस गर्नेहरूमा ३, गण्डकि र ७ नम्बर प्रदेश रहेका छन् । उनीहरूले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् । कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ ।
प्रदेश नम्बर ३ मा पूर्वएमालेले १० र पूर्वमाओवादीले १० स्थानमा नेतृत्वको लिने गरि आइतबार नेकपाका महासचिव बिष्णु पौडेललाई कार्यदलले प्रतिवेदन बुझाएको छ ।
पूर्वएमालेबाट नेतृत्व लिने जिल्लाहरू
काठमाडौंमा रामशरण ढुंगाना
मकवानपुरमा बद्री लम्साल
धादिङमा नेत्रराज पौडेल
रसुवामा कर्णेल लामा
सिन्धुपाल्चोकमा झम्क नेपाल
दोलखामा भीम दाहाल
ललितपुरमा हरिकृष्ण व्यञ्जनकार
पूर्वमाओवादीबाट नेतृत्व लिने जिल्लाहरू
काभ्रेमा सुर्यमान दोङ
चितवनमा
सिन्धुलीमा
रामेछापमा
नुवाकोटमा
यी स्थानहरूमा पूर्वमाओवादीले साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । त्यसैगरि भक्तपुर पनि पूर्वएमालेले लिने भएपनि विवादका कारण टुंगिएको छैन् । त्यस्तै चितवनमा माओवादीले पाउने निश्चित भएपनि विवादका कारण नाम सिफारिस हुन नसकेको एक नेताले बताए ।
त्यसैगरि गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ । केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ ।
एकल नाम सिफारिस भएकाहरू
गोरखामा प्रेम गुरुङ
कास्कीमा दामोदर बैरागी
लमजुङमा कृष्णराज अधिकारी
म्याग्दीमा हरिकृष्ण श्रेष्ठ
बाग्लुङमा कृष्ण पाठक
मुस्ताङमा रमेश भट्टचन
मनाङमा त्रिपल गुरुङ
संयुक्त नाम सिफारिस भएकाहरू
तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना
पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी
नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ
स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठ
त्यसैगरि कर्णाली प्रदेशमा १ सय ७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने र जिल्लाको नेतृत्व बराबर हुने गरी एकीकरण कार्यदलले प्रतिवेदन बुझाएपनि मुगु र कालिकोटको नेतृत्व विवाद बल्झिएपछि जिल्लाको नेतृत्वको नामसहित पुनः प्रतिवेदन बुझाउने गरी कार्यदलले छलफल गरिरहेको छ ।
यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वएमालेले नेतृत्व लिने जिल्ला
सुर्खेत
दैलेख
डोल्पा
जुम्ला
यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
सल्यान
जाजरकोट
पश्चिम रुकुम
हुम्ला
विवादका कारण टुंगो नलागेका जिल्ला
मुगु
कालिकोट
त्यसैगरि प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ । प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्ने भएको छ । प्रदेश एकीकरण कार्यदलले अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो । थापा पूर्वएमाले र जोशी पूर्वमाओवादीका नेता हुन् ।
१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहने गरी कार्यदलले महासचिव पौडेललाई प्रतिवेदन बुझाएको छ ।
पूर्वएमालेले नेतृत्व लिने जिल्ला
बाजुरा
अछाम
डोटी
कैलाली
बैतडी
पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
बझाङ,
डडेल्धुरा
दार्चुला
कञ्चनपुर
खबरडबलीबाट
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments