Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
दमक, १ भदौ । दमक उद्योग वाणिज्य सङ्घ झापाले पत्रकार टीकाराम उप्रेतीलाई सम्मान गरेको छ ।
सङ्घको २७ औँ वार्षिक साधारण सभाको अवसरमा उद्योग वाणिज्य क्षेत्रका समस्याहरूका बिषयामा कलम चलाए बापत गोरखापत्र दैनिकका झापा सम्बाददाता पत्रकार उप्रेतीलाई सम्मान गरिएको कार्यक्रमका बक्ताहरुले बताए ।
उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उप्रेतीलाई दश हजार पाँच सय ११ रुपियाँको चेक तथा सम्मान पत्र प्रदान गरेका थिए ।
विगत २० वर्षदेखि निरन्तर पत्रकारी गर्दै आउनु भएका उप्रेती प्रेस सेन्टर झापाका अध्यक्ष तथा १५ वर्षदेखि झापाको दमकमा रहेर गोरखा पत्र दैनिकमा काम गर्दै  हाल कलम नेपाल डट कमका सम्पादक समेत हुन् ।
सङ्घको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आङ्बोले सरकारले तीनतहको कुनै पनि कर लिन नदिने बताए । करको विषयमा सञ्चारमाध्यमले समेत सही सूचना दिन नसकेको भन्दै दोहोरो करका विषय कतै भएको भए तत्काल खारिज हुने उनको दाबी थियो ।
कार्यक्रम उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अभिनास बोहराले उद्योगी व्यवसायीका समस्याका विषयमा सरकारको ध्याआर्कषण गराए । उद्घाटन सत्रमा दमक उद्योग बाणिज्यसंघका अध्यक्ष राजेन्द्र ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे भने सङ्घका निवर्तमान अध्यक्ष प्रकाश प्रसाईले दमकका निजी क्षेत्रको लगानी सुरक्षाका विषयमा सरकारले वातावरण नबनाएसम्म खुलेर ठुला लगानी कर्ता नआउने बताए । कार्यक्रम दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments