Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरीगंज, ३२ जेठ । झापाको गौरीगञ्ज गाउँपालिकामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

ति युवक भारतको लुधियानाबाट आएर गौरीगंज गाउँपालिका वार्ड नं.६ को खजुरगाछी माविको क्वारेन्टाइनमा बसेको गौरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । योसंगै गौरीगंजमा कोरोना संक्रमित १६ जना पुगेको छ । जसमा ३ जना उपचारपछि घर फर्किएका छन् । अहिले सम्म संक्रमित पुरुष मात्र रहेका छन् । हिंजो मात्र सोहि क्वारेन्टाइनमा बसेका ३ जना पुरुषको पीसीआर परीक्षण पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया