Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरादह, २५ जेठ । रुकुम घटनाको निष्पक्ष छानबिनका लागि खबरदारी गर्न गौरादह नगर स्तरीय संयुक्त राजनीतिक दल संघर्ष समिति गठन गरिएको छ। गौरादहमा नगर भित्र रहेका दलित समुदायहरुको भेलाले सूर्य गजमेरको अध्यक्षतामा ५५ सदस्यीय नगर स्तरीय संघर्ष समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा विष्णु शंकर, सचिवमा खड्ग बराइली, सह(सचिवमा फडिन्द्र बर्देवा र कोषाध्यक्षमा तारा ल्वागुन रहेका छन्।

घटनाका दोषीलाई कार्वाही गरि उचित न्याय दिलाउदै पडितलाई क्षतिपूर्ति दिनुपर्ने वक्ताहरुले माग राखेका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा झापा जिल्ला संघर्ष समिति अध्यक्ष हुकुम सिंह नेपालीले गत जेठ १० गते रुकुमको चौरजहारीमा नवराज बि.क. सहित ६ जनामा भएको घटनाको सत्य तथ्य छानबिन हुनु पर्ने माग राखे। घटनाका दोषीलाई कार्वाही हुनुपर्ने र पडितलाई न्याय दिनुपर्ने धारणा राखे।

गौरादह नगर दलित समन्वय समिति अध्यक्ष लाल बहादुर दर्नालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। त्यसअवसरमा गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, सुसिल बराइली लगायतले मन्तब्य राखेका थिए।गौरादह नगर मुक्ति समाज अध्यक्ष सूर्य गजमेरले स्वागत मन्तब्य राखेको कार्यक्रममा मुक्ति समाजका नगर सदस्य फडिन्द्र बर्देवाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया