Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, १८ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५सय ६७ पुगेको छ । आइतबार(आज) थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए । जसमा १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला रहेका छन् ।

संक्रमित हुनेमा झापाका ४ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् । गत २४ घण्टामा ४ हजार ५४ आरडीटी विधिबाट परीक्षण गरिएका छन् भने, २ हजार ८ सय ५३ वटा पीसीआर विधिबाट परिक्षण गरिएका छन् । देशभरी आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय उनन्पचास जना रहेका छन् । ४सय ७० जना व्यक्तिहरु रेडजोनमा परेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया