Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

काठमाडौं, १५ जेठ २०७७ । कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ।

आर्थिक वर्ष २०७७।७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए।

त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ।

साथै काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने भएको छ।

यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ। यस्तै पोखरा, कोसी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ।

तपाईको प्रतिक्रिया