Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, ५ जेठ २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। बाँकेको नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा सोमबार संक्रमण पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो। जसमा ४६ पुरुष र एक महिलामा छन्।

बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ। आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो। यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगरका एक जना, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एक जना, रौतहटका एक जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण भेटिएको छ।

थपिएका यी चार जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेका मन्त्रालयले आज सोमबार गरेका नियमित पत्रकार सम्मेलनमा बताइएको हो। यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

हालसम्म २ सय ९८ जना पुरुष र ५९ जना महिलामा कोरोना संक्रमण भएको पाइएको छ।

तपाईको प्रतिक्रिया