Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठ्माडौं , १ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४६ पुगेको छ । भरतपुुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार थप १ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नयाँ पुष्टी भएको नवलपरासी(ब.सू.पू), देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको र हालसम्म उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै, कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय ५० नभई आज बिहान २ जना र अहिले दिउँसो १ जना गरि संक्रमितको संख्या २ सय ४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३ जनामा संक्रमण पुष्टी भएपश्चात कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको हो ।

बिहान काठमाडौंको चन्द्रागिरीका ३२ वर्षिय पुरुष र कपिलवस्तुकी ६ वर्षिया बालिकामा संक्रमण पुष्टी भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको भनि विज्ञप्ति जारी गरेको थियो । पछिल्लो अध्यावधिक विवरण अनुसार २ सय ५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टी भएका ५ जनाको पूनः रिपोर्टिङ भएकोले जसका कारण भ्रम पैदा भएको भन्दै मन्त्रालयले विज्ञप्ती जारी गरिसकेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया