Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024
विर्तामोड, २५ साउन । झापाको अर्जुनधारा ११ मा एक ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
सानीआमाको घरमा बस्दै आएकी ती बालिका शुक्रबार दिउँसो बलात्कृत भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्ण कोइरालाले खबरमञ्चलाई बताए।
सोही वडाका ७० वर्षीया बृद्धले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । दिउँसो घरमा कोही नभएका बेला बालिकालाई गोठमा लगेर जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।
घट्ना दिउँसै घटेको भएपनि प्रहरीमा भने ढिलो गरि खबर पुगेको कोइरालाले बताए । अभियुक्त भनिएका बृद्ध यतिबेला प्रहरीको नियन्त्रणमा छन् । कालिस्थानको एक घरमा लुकेर रहेको अवस्थामा इलाका प्रहरी कार्याल विर्तामोडले ती बृद्धलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको यतिबेला विर्तामोडको मनमोहन अस्पतालमा उपचार भइरहेको डिएसपी कोइरालाले बताए । घट्नाको थप अनुसन्धान भइरहेको उनले बताए ।
एक हप्ताको अन्तरालमा अर्जुनधारामा यो दोस्रो बलात्कारको घट्ना हो । यसअघि गत साउन १६ गते अर्जुनधारा २ की ४ वर्षीया वालिका १५ वर्षीया बालकद्वारा बलात्कृत भएकी थिइन् । खबरमञ्चबाट
तपाईको प्रतिक्रिया