Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

कोरोना परीक्षणको लागि भिटिएम तथा किट उपलब्ध छैन – मेयर शाह

डण्डिराज घिमिरे
गौरादह, १९ वैशाख २०७७ । झापाको गौरादह नगरपालिकामा कोरोना परीक्षण गर्न पिसिआर (रिभर्स ट्रान्सक्रिपटेज पोलिमरेज चेन रियाक्सन) परीक्षणको गती न्युन संख्यामा पाइएको छ । हाल सम्ममा पाँच जनाको मात्र थ्रोट स्वाब पिसिआर परीक्षणको लागि बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

उनीहरुको रिपोर्ट शुक्रवार साँझ सम्ममा आउने संभावना रहेको गौरादह नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले बताए । गौरादह नगरपालिकामा आरटिडी परीक्षण पनि अहिले सम्ममा २० जनाको मात्र गरिएको र परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको भट्टराईले बताए ।

थ्रोट स्वाब संकलन गरिएका पाँच जना मध्ये नगरपालिकाको क्वारेन्टाइनमा राखिएको १ जना, पोलेण्ड, दुबइ र बहराइनबाट अएर होम क्वारेन्टाइनमा रहेका एक÷एकजना गरी ३ जना तथा जमातीसंग सम्पर्कमा भएका एकजना रहेको नगर स्वास्थ्य शाखाका गोबिन्द श्रेष्ठले बताए ।

एक हप्ता अघि दमक तथा बाह्रदशीमा गरी दुईजनामा कोरोना संक्रमण पोजेटिभ भेटिएसंगै झापा जिल्ला पनि उच्च जोखिममा रहेको छ । नेपाल–भारत दक्षिणी सिमनाबाट पाँच किलोमिटरको दुरीरा अवस्थित गौरादह नगरपलिकाको दमक संगको दुरी पनि नजिक रहेको छ ।

लकडाउनको ३९ औं दिन बितिसक्दा पनि गौरादहमा पिसिआर परीक्षण न्युन संख्यामा हुनुको कारणबारे अनलाइनबिचार संगको कुराकानीमा गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहा परीक्षण किट तथा भिटिएम स्थानीय सरकारलाई उपलब्ध नभएको बताउछन् ।

द्रुत परीक्षणको किट तथा पिसिआर परीक्षणको लागि आवस्यक भिटिएम (भाइरस ट्रान्सपोटेसन मिडिया) स्वास्थ्य कार्यलय झापा, प्रदेश सरकार तथा संघीय सरकार संग पटक पटक आवस्यक संख्यामा माग गर्दा पनि प्राप्त नभएकोे उनले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments