Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

झापा, १८ चैत्र । झापाको एक सहकारी संस्थाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवा निःशुल्क संचालन गर्ने भएको छ । गौरादह नगरपालिका वार्ड नं. १ मा मुख्य कार्यलय रहेको शुभलक्ष्मी सहकारी संस्था लिमिटेडले आज मंगलबार देखि लागुहुनेगरी एक सूचना जारी गर्दे सो निर्णय सार्बजनिक गरेको हो ।

संस्थाले जारी गरेको सूचनामा भनिएको छ चैत्र १८ गते मंगलबारदेखि लकडाउनको अवधिभरमा संस्थाका शेयर सदस्यहरु विरामी भएर दमक, विराटनगर, धरान, विर्तामोड, भद्रपूरमा रहेका अस्पतालहरुमा उपचारको लागि जाँदा संस्थाको एम्बुलेन्स प्रयोग गरेमा एम्बुलेन्स भाडामा शतप्रतिशत छुट प्रदान गरिने छ ।

यस सहकारीले विगत दश बर्षदेखि एम्बुलेन्स सेवा  समेत संचालन गर्दै रहेको संस्थाका ब्यवस्थापक तिलक कार्कीले बताए । विस्वब्यापी रुपमा फैलिएको कोरोना COVID-19 संक्रमणको माहामारीमा सावधानीको लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिइ) समेत एम्बुलेन्स चालकहरुलाई दुईथान उपलब्ध रहेको छ ।

ब्यवस्थापक कार्कीका अनुसार पिपिइ एक थान गौरादह नगरपालिकाले र एकथान लाएन्स् क्लब अफ गौरादहले सहकारीलाई उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया