Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

 डण्डिराज घिमिरे – झापा, २५ जेठ । झापाको गौरादह नगरपालिकाले नीति तथा कार्यक्रम सहितको योजना पास गर्दा मुख्य प्राथमिकतामा समाबेश गरेको “ल्याण्ड फिल्ड साईट ब्यवस्थापन” शीर्षकको आयोेजनाले कार्यान्वयनमा भने प्रथमिकता पाएन । आर्थिक बर्षको अन्त्यसम्ममा पनि योजना कार्यन्वयनमा नगरपालिकाले चासो नदेखाएपछि बजेट फ्रिज हुने भएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

चालु आर्थिक बर्ष २०७४–०७५को योजना छनौट गर्दा नगरपालिकाले नगरस्तरीय योजनाकोे मुख्य सूचीमा समावेश गरेको सो आयोजनाको लागि नगरसभाले ७० लाख रुपयाँ बजेट समेत बिनियोजन गरिसकेको छ ।

नेपाल सरकारका महान्यायधिवक्ता आग्नी खरेल तथा १ नम्मर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको गृह नगर गौरादह हालसम्म खुल्ला दिशा मुक्त घोषणा हुन पनि सकेको छैन् भने त्यहाँ फोहोरमैला ब्यवस्थापनको लागि पनि कुनै योजना कार्यान्वायनमा अगाडि सारिएको छैन ।

गौरादह नगरपालिकामा दिनानुदिन तिब्ररुपमा जनघनत्व बढ्दै गएको छ, गौरादह बजार तथा ग्वालडुब्बा बजारको जनसंन्याको बढ्दो चापकोकारण उत्पन्न फोहोर ब्यवस्थापनको हालसम्म कुनै काम नहुँदा गौरादह फोहोरको डंगुरमा उभिएको छ ।
भाषण र योजना छनोटमा प्रत्येक बर्ष प्राथमिकतामा पर्ने तर ब्यवहारमा कार्यन्वयन नहुनाले गर्दा गौरादह नगरबासीले फोहोरमैला ब्यवस्थापनमा कठिनाइ भोग्नु परिरहेको छ । वार्ड नम्बर ३ डिपुचोकमा रहेको नगरपालिकाको कार्यालय भवन अगाडि नै फोहोर थुपारिएको छ ।

गौरादहलाई ब्यवस् िथत नगर   बनाउन सर सफाइलाई जो  ड दिनुपर्ने, समयमा डम्पिङसाइट निर्माणलाई सरो  कार  वाला निकायले   वे  वास् ता गर्नु दःखद हो । अहिले   नै   फो  होर   ब्यवस् थापनको   विषयलाई ख्याल गरि  एन भने   यही विषय भविष्यमा चुनौ  तीको   रुपमा आउन सक्छ’– स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला नेता पुष्प ढकाल बताउछन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
ब्यस्त डिपुचोक क्षेत्रमा फोहोरको डंगुर

गौरादहको ब्यस्त डिपुचोक तथा बजार क्षेत्रमा समेत फोहोरको डंगुर थुप्रिएर वातावरण नै अस्तब्यस्त बनेपछि स्थानीयहरु आक्रान्त बनेका छन् । स्थानीय होटल ब्यवसायी पुण्य पौडेल नगरपालिका र वाणिज्य संघको असक्षमता र गौरजिम्मेवारीको कारण हाल सम्म फोहोरमैला ब्यवस्थापनको योजना आउन नसकेको बताउछन् ।

नगरसभा सदस्य तथा वार्ड नं. ७ का जनप्रतिनिधि अम्मर सिवाकोटीका अनुसार नगर कार्यपालिकाले ल्याण्ड फिल्ड साइट निर्माण ब्यवस्थापनकालागि पर्याप्त गृहकार्य नगरेकै हो । उनले भने जग्गा खोज्न, उपयुक्त स्थानको छनौट गर्न, जनप्रतिनिधिहरुले सुस्म ढंगले ब्यवस्थित योजना बनाएर लागेको भए यसै आर्थिक बर्षबाट डम्पिङसाइटको कार्य प्रारम्भ हुने थियो बजेट फ्रिज हुने थिएन ।

आम नागरिकको प्रत्यक्ष स्वास्थ्य सरोकार तथा सभ्यता संग जोडिएको फोहोरमैला ब्यवस्थापनको महत्वपूर्ण योजना कार्यान्वयन किन नगराएको भन्ने प्रश्नमा नगरपालिकाका मेयर रोहितकुमार शाहा तथा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र बोलि मिलाउदै ल्याण्ड फिल्ड साईटको लागि जग्गा किन्न दुई पटक कोटेशन माग गरेको तर समय सिमा कटाएर मात्र कोटेशन आएकाले योजना कार्यान्वयनमा जान नसकेको बताउछन् । शाहा र मिश्रको जवाफ विश्लेषण गर्दा गौरादह नगरपालिका गम्भिरताकासाथ फोहोर ब्यवस्थापनमा नलागेको साथै कागजी प्रकृयाको धाराटारेर ब्यबहारिक प्रयास प्रयत्न नगरेको स्पष्ट हुन्छ ।

विकासको आवरणमा कमिसन र कमाउ धन्दामा नगरपालिका अल्झिएको हुनाले प्रथमिकताका आयोजनाहरु ओझेल परेको हुनसक्ने स्थानीयको आशंका छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments