Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, १९ माघ । सत्तारुढ नेकपाले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ ।
कार्यदलमा स्थायी समिति सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल सदस्य छन् । ज्ञवाली वर्तमान सरकारका परराष्ट्रमन्त्री पनि हुन् ।

खनालको नेतृत्वमा कार्यदल बनाउने प्रस्ताव आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ल्याएको थियो । सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रियसभा गृहमा बसेको बैठकले पारित गरेको हो । समितिलाई १० दिनको समय दिइएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया