Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

एजेन्सी
काठमाडौं, १४ पुष । महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या पनि एक हो । विवाहित महिला हुन् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलामध्ये ७ जनामा पाठेघरको समस्या भएको पाइन्छ ।

के हो पाठेघर सुन्निने समस्या ?

आजभोलि किशोरावस्थामा नै पाठेघर फुल्ने र सानासाना सिस्ट बन्न सुरु भएको पाइन्छ । यस्ता समस्या हुनुको पछाडि दैनिक जीवनयापन गर्ने शैलीहरु भएको पाइन्छ । बाहिरको तारेको, भुटेको चिल्लो खाना, शारीरिक व्यायामको कमि, तनावले पाठेघर फुल्न मद्दत गर्ने गर्छ । जसले गर्दा महिनावारीमा गडबढी हुन सुरु हुन्छ । जसले गर्दा बाझोपन र पाठेघरको क्यान्सर जस्ता रोगको खतरा बढाउँछ ।

के कारणले फुल्छ पाठेघर ?

सामान्यतयाः ५०र५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरमा समस्या पैदा हुन्छ भन्ने प्रचलन छ । उनीहरुमा महिनावारी बन्द भएको कारण यस्ता समस्या आउँछन् तर २० देखि ४० वर्षका महिलामा यस्तो समस्या आउनुका कारणहरुमा कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायाम नगर्नु, मोटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधिको सेवन, धेरै व्यायाम गर्ने आदि हुन् ।

कसरी पत्ता लगाउने ?
लगातार पेट बढेमा
पेटमा दुख्ने, ग्यास भरिने र कब्जियत भएमा
कम्मर दुखाई बढेमा
यौनाङ्ग चिलाउने र पोल्ने भएमा
यौनसम्पर्क राख्दा पीडा भएमा
बारम्बार पिसाब आएमा
पखाला र बान्ता भएमा

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments