Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, १२ पुष । गौरादह नगरपालिका वडा न. ७ को ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह नगरपालिका वडा न. ७ को वडा कार्यालयले आयोजना गरेको शिविरमा नगर भित्रका २ सय जनाले स्वास्थ्य लाभ लिएका थिए।

विशेष गरि वडा भित्र तथा आसापासको क्षेत्रमा रहेका नागरिकहरुलाई घर आगनमा नै स्वास्थ्य सेवा दिन शिविर संचालन गरिएको वडा न.७ का वडा सचिव ओम तिवारीले जानकारी गराए। एडभान्स मल्टीस्पेसियालिटी हस्पिटल दमकको प्राविधिक सहयोग रहेको शिविरमा डेन्टल,फिजिसीयन,गाईनो, हार्डजोर्नी,बालरोग र सर्जरी सेवा दिईएको थियो।

शिविरमा परिक्षण गर्न आएका बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । एडभान्स हस्पिटलका डा.निमा शेर्पा,दुर्गा खतिवडा,अनुप पोख्रेल,अनिल थापा, रबिन रत्न रंजितकार,चाँदनी यादव र रोजन बस्नेत सहित १३ जनाको टोलिले स्वास्थ्य सेवा दिईएको थियो।

गौरादह नगरपालिका वडा न.७ का वडाध्यक्ष बलराम खरेलको सभापतित्वमा सम्पन्न शिविरमा नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराई प्रमुख अतिथि रहेका थिए। शिविर उद्घाटनको अवसरमा एडभान्स हस्पिटलका संचालक चैतन्य बरालले हस्पिटलले नागरिकहरुलाई पुर्याएको सेवा र शिविर संचालनमा हस्पिटलको सहयोगको बारेमा प्रकाश पारेका थिए।

वडा सदस्य अमरदास सिवाकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुदिप अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया