Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, चैत्र १ । न्यायपरिषद्का सचिव भूपध्वज निरौलाले जारी गरेको प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको व्यहोराको विज्ञप्ति विवादमा परेको छ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले परिषद्लाई पठाएको पत्र सार्वजनिक भएलगत्तै परिषद्को तथ्यगत त्रुटि फेला परेको हो।

सचिव निरौलाले जारी गरेको विज्ञप्तिमा प्रधानन्यायाधीश पराजुली उमेरहदका कारण २०७४/४/२१ गते पदमुक्त भएको उल्लेख छ। जुन पत्रको हवाला दिँदै निरौलाले विज्ञप्ति जारी गरेका छन् त्यो पत्रअनुसार पराजुलीको ६५ वर्षे उमेरहद २०७५/१/१३ गते पुग्ने देखिएको छ।

निरौलाले जारी गरेको विज्ञप्तिमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले बुधबार पठाएको च. न. ४२४/०७४७/५ को पत्रमा पराजुलकी उमेरबारे जानकारी भएको उल्लेख छ। जबकी उक्त पत्रमा पराजुलीको जन्ममिति २०११/०१/१३ गते रहेको भनेर परिषद्लाई लेखिएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बीका रेग्मीले उक्त पत्र सही भएको पुष्टी गरेका छन्। ’परिषद्ले गोपाल पराजुलीको जन्मबारे जानकारी मागेको थियो सोहीअनुसार यो पत्र पठाएका हौँ’, रेग्मीले  भने।

यसअनुसार, परीक्षा नियन्त्रण कार्यालयले पठाएको पत्रको हवाला दिँदै सचिव निरौलाले गलत तथ्य राखेर प्रधानन्यायाधीश पदमुक्त भएको विज्ञप्ति जारी गरेको पाइएको छ। थाहाखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments