Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

विराटनगर,  ६  भदौ  ।  विराटनगर आँखा अस्पतालले स्थापनाको १३ वर्षसम्ममा ८७ लाखको आँखाको उपचार गरेको जनाएको छ ।
अस्पतालले हालसम्म १७ लाखको आँखाको शल्यक्रिया गरेको जनाएको छ । अस्पतालमा दैनिक १ हजारले उपचार सेवा पाएका छन् भने विभिन्न आँखा तथा काँन सम्बन्धी एडभान्स तालिम पनि संचालन गरिरहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर संजयकुमार सिंहले जानकारी दिनुभयो ।

उहाले सन् २०२० सम्ममा १ करोड भन्दा बढीको आँखा परीक्षण गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति संघ पूर्बाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पताल रानीद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले अस्पतालले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

संघका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, सगरमाथा आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी लगायतले अस्पतालमा विराटनगर आँखा अस्पतालले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । गोष्ठीमा प्रदेशकाका स्थानीय निकायका प्रमुख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो।आवर विराटनगर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments