Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चार मन्त्री थप्दै दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेभित्र मन्त्रीको टुंगो लगाउन समस्या भएपछि मन्त्रीमण्डलले पूर्णता भने पाउन सकेन ।

यो सँगै ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका दुई र आफ्नै दल एमालेबाट दुई गरी ओलीले चार जनालाई मन्त्रीमा सोमबार नियुक्त गरेका हुन ।

प्रधानमनत्री ओलीले माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ गृह, मात्रृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र एमालेबाट ईश्वर पोखरेल रक्षा र युवराज खतिवडाले अर्थमन्त्रीमा नियुक्त गरेका हुन । माओवादीका नेता वादल यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए ।

प्रधानमन्त्री ओलीले नवनियुक्त चार जना मन्त्रीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका हुन ।

आजै सबै मन्त्रीहरुको शपथ गराउने कार्यक्रम रहे पनि अन्तिम समयमा रोकिएका हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

तर एमालेभित्र मन्त्रीको टुंगो लगाउन समस्या भएपछि र संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुन भएपछि अर्को चरणमा मन्त्रिमण्डल विस्तार हुने भएको हो ।

सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा एमालेका नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन।

यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसकेका छन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका हुन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments