Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा– एक नम्मर प्रदेश नामले मात्र होइन कामले समेत एक नम्मर हुने भएको छ । एक नम्मर प्रदेशका नव–नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज शनिबार एक कार्यक्रममा पाँच बर्ष भित्रमा एक नम्मर प्रदेशलाई देशककै समृद्ध प्रदेश बनाउन सकिने बताएका हुन् ।

आफ्नो गृह क्षेत्र झापाको दमकमा पत्रकारहरु संगको भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश भित्रका प्राकृतिक श्रोत–सम्पदाहरुको संरक्षणात्मक उचित प्रयोग गर्दै अधिकतम लाभ लिनुपर्नेमा समेत जोड दिएका छन् ।

औद्योगिक विकास, पर्यटकीय विकास, ब्यवसायीक कृषि प्रणालीको विकास, आदिको प्रचुर संभावनाको प्रदेश भएकोले प्रदेश सरकार गम्भिर भएर नेपालकै नमुना उत्कष्ट प्रदेश बनाउन लागिपर्ने बताएदै मन्त्री कार्कीले यसमा सबैको सकरात्मक रचनात्मक साथ सहयोगको आवस्यकता रहेको समेत बताए ।

सरकारका प्रबक्ता समेत रहेका मन्त्री कार्कीले विश्वको अग्लो शिखर सगरमाथा, थुप्रै धार्मीक पर्यटकीय स्थल, प्राकृतिक सौन्दर्यताका क्षेत्रहरु, सप्तकोसी नदी र शाखा नदीहरु, तराईका उर्बरिला फाँट, उर्जाशिल शिक्षित सचेत युवा लगाएत प्रदेशका मानवीय तथा प्राकृतिक सम्पदाले एक नम्मर प्रदेश अहिले नै पनि अरु प्रदेश भन्दा धनी भएको विचार पनि ब्याक्त गरे ।

उनले समाजवाद उन्मुख राष्ट्र निर्माणमा संविधानको परिकल्पना अनुसार ढिलोमा छ महिना भित्रमा प्रदेशको कानुन तथा सबै आवस्यक नीति कार्यक्रम तयार गरिने बताए ।

एक नं प्रदेशको मन्त्री परिषद जाति, क्षेत्र र वर्गीय हिसावले सबैलाई समेटिएर बनाइएको बताउदै उनले यस प्रदेशको भूमिलाई वीर भूमि, सहिद भूमि, र नमूना भूमि छुट्याइ अघि बढ्ने योजना रहेको बताए । उनले उचित योजना बनाएर विकासमा लाग्दा अरु प्रदेशको तुलनामा यस प्रदेशलाई एक नम्मरको प्रदेश बनाउन सकिने विचार ब्यक्त गरे ।

प्रदेश चलाउन आर्थिक हिसावले तत्काल चुनौती रहेपनि विकासले गति लिएपछि आर्थिक आयका आधारहरु धेरै हुने बताए । उनले कसैलाई भेदभाव नगर्ने ठूलो पार्टी र बहुमतको दम्भ नराख्ने विचार ब्यक्त गरे ।

प्रेस चौतारी नेपाल र प्रस सेन्टर नेपालको संयुक्त आयोजनामा भएको सो पत्रकार सम्मेलन प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments