Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

भक्तपुर – शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ ।

पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते शुक्रबार गर्ने आयोगले निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए ।

उम्मेदवारहरुको स्वीकृत नामावली आयोगको वेवसाइटमा राखिएको छ । परीक्षा केन्द्र र प्रवेशपत्र वितरण सम्बन्धमा छुट्टै सूचना प्रकाशन गरिने आयोगले जनाएको छ ।

दरबन्दीमा ७५ प्रतिशत अस्थायी र २५ प्रतिशत मात्रै खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी ऐनको नवौं संशोधन गरिएको थियो । यसले खुला प्रतिष्पर्धाका लागि शिक्षण लाइसेन्स लिएर वर्षौदेखि सेवा आयोगको विज्ञापन कुरिरहेका झण्डै ८ लाख विद्यार्थीलाई निराश बनाएको भन्दै आलोचना भएको थियो ।

आठौ संशोधन अनुसार १५ हजार ६ सय ९० जना अस्थायी शिक्षकले परीक्षा रोजेका थिए । ऐनमा भएको नवौं संशोधन पश्चात थप साढे सातहजार अस्थायी शिक्षक पनि परीक्षामा सहभागी हुन पाउँछन् ।

खुला प्रतिष्पर्धा हुँदा नयाँ जनशक्तिले अवसर पाउने र तिनबाट समय सापेक्ष ज्ञान सिक्ने अवसर बालबालिकालाई मिल्ने भएपनि दलको फेर समातेर जस्केलाबाट विद्यालयमा शिक्षक बनेका अस्थायीलाई खुसी बनाउन संसदले गरेको यो निर्णय सामुदायिक विद्यालयमा गर्न खोजेको कार्यकर्ता भर्ती भएको भन्दे आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments