Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेट बाँकी छदा भेटेको हो। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ।

नेपाललाई करन केसीले महत्वपूर्ण जीत दिलाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले सर्वा्धिक ४२ रन बनाए। केसीलाई सन्दीप लामिछानेले महत्वपूर्ण साथ दिएका थिए। क्यानडाविरुद्ध टस जितेको नेपालको सुरुवाती ब्याटिङ भने चल्न सकेन। नेपालका दीलिप नाथले ४१ रन बनाए। रोहितकुमार पौडेलले २७ रन बनाए भने आरिफ शेखले २६ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत पार गर्न सकेनन्।

नेपालका भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरको ब्याट आजको खेलमा चल्न सकेन। नेपालको ब्याटिङलाई छिट्टै गिराउने क्रममा क्यानडाका लागि सेसिल पेर्भेजले ३ महत्वपूर्ण विकेट लिए। एन दत्ताले २ विकेट लिँदा साद विन जाफरको नाममा पनि २ विकेट रह्यो। नेपाललाई १९५ रनको चुनौती दिने दिने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरे। उनले १५० बल खेलेर १०१ रन बनाए।

क्यानडाका लागि हम्जा तारिकले २४, धिनासाले नटआउट १८ र सइद विन जाफरले १० रन बनाए। अन्य खेलाडीले दोहो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करन केसी र शरद भेषवाकरले १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments