Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

खस्यौली, ८  असार  ।   रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवैजनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकल ठोक्किए पछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।

अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments