Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

बाँके,  १२  जेठ  ।   नेपाली बजारमा गैरकानूनीरूपमा भारतीय खानेतेल बिक्री हुन थालेपछि गत वर्षदेखि प्रतिबन्धित छ। तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका खुलेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका हुन् । यी तेलहरू भारतमा गुणस्तरहिन मानिएका छन् ।

भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्छन् । तर भारतीय त्यस्तो तेल भने दैनिक करीब दुई हजार लिटरसम्मको परिमाणमा अवैधरूपमा नेपाल भित्रिरहेको नेपालगञ्जका एक किराना व्यवसायी प्रदीप बर्माले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर त्यसमा पूर्णरूपमा रोक लगाउने बताएका छन् ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments