Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठ्माडौं, १० जेठ ।  विमानस्थलबाट प्रहरीले लाखौं‌ नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ।

कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ।

उनीसँगै कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।

युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।

पछि छुटेर फेरि उनी त्यही काममा लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments