Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

हुम्ला, १० जेठ ।  भारतीय राजदूतावासले जिल्ला अस्पताल हुम्लालाई औषधि र उपकरण सहयोग गरेको छ । बिहीबार राजदूतावासका प्रतिनिधि जनकबहादुर शाहीले औषधि र विभिन्न ११ प्रकारका आवश्यक सामग्री डाक्टर अमित विष्टलाई हस्तान्तरण गर्नु भएको हो ।

भारतीय राजदूतावासले हुम्ला अस्पताललाई ४ किलोवाट क्षमताको जेनेटर १ थान, अक्सिजन क्न्सनटेटर २ थान, निमोलाइजर मेसिन २ थान, अक्सिमिटर २ थान, बोडी व्याग २० सेट, पलास्टिक २० सेट, इन्जेक्सन डेक्सामेथासन एक सय भाईल, नेथिडिपीन ट्याप्लेट ५० स्ट्रीप, एसिटाजोलामाईट २५० एमजी १०० स्ट्रीप, इन्जेक्सन ल्याक्सीस ४० एमजी १०० भाईल र ईन्जेक्सन पानटप ४० एमजी १०० भाईल हस्तान्तरण गरेको छ ।

हस्तान्तरणा कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर विष्टले अब सेवाग्राही र पर्यटकलाई सेवा दिन सहज हुने भएकोे बताउनुभयो । त्यसैगरी अकालमा र कालगतिले ज्यान गुमाइ जिल्ला बाहिर लानुपर्ने शवलाई बडी व्यागमा राखेर पठाउन सजिलो हुने पनि डाक्टर बिष्टले बताउनुभयो ।

गत भदौमा सिमकोट पुग्नु भएका नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीले एम्बुलेन्स, औषधि र उपकरण दिने घोषणा गर्नुभएको थियो । दूतावासले गणतन्त्र दिवसको अवसर पारेर जनवरी २६ का दिन खुर्पानाथ गाउँपालिकाकालाई एम्बुलेन्स हस्तान्तरण गरिसक्नुभएको छ।

यसले बिशेष गरी लेक लाग्ने र श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीहरुलाई सहयोग पुग्ने विश्वास उनले आशा गरेका छन् ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments