Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

गौरादह, ७ जेठ ।  गौरादह नगरपालिकामा वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको खेलमा ९ वटा वडाका टीमहरु सहभागी भएका छन् ।

गौरादह खेलकुद विकास समितिको आयोजनमा खेल शुरु भएको हो । झापामा भलिबल खेलाडी उत्पादन गर्न खेल प्रति इच्छा शक्ति भएका खेलमा नै आफ्नो भविश्य बनाउने उद्देश्यले अघि बढेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।

९ गते सम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद रु. ५१ ह्जार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् उपविजेजाले नगद रु. २५ हजार १ सय ११ नगद सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक हेमन्त कार्कीले जानकारी दिनुभयो ।
आज भएको पहिलो खेलमा ४ वटा वडाका टीमहरु सहभागी भएका छन् जसमा पहिलो खेलमा २ ले ६ लाई पराजीत गरेको छ, त्यस्तैगरि दोस्रो खेलमा ४ ले ८ लाई पराजीत गरेको छ त्यस्तैगरि तेस्रो खेलमा ७ ले १ लाई पराजीत गरेको छ । चौथो खेलमा ३ ले ९ लाई पराजीत गरेको गौरादह खेलकुद विकास समिति सदस्य तारा कुमार श्रेष्ठले जानकारी दिनुभयो । खेल संयोजक हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments