Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

काठमाडौं, ३१ बैशाख ।  उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले चिस्यानमा नराखिएको औषधि विक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरूको ‘प्रेसक्रिप्सन’ बिना औषधि विक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारे।

उपप्रधानमन्त्री यादवले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए।

उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भइरहेको पनि बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments