Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

जनकपुरधाम, १५ बैशाख । राति अचानक चलेकाे हावाहुरीका कारण धनुषाका विभिन्न स्थानमा मानवीय तथा भाैतिक क्षति भएकाे छ । बिहानतिर करिब ३ बजे पछि आएको हावा हुरी र पानीले गर्दा धनुषामा दुई जनाको मृत्यु भइसकेको छ भने केही व्यक्ति घाइते छन् ।

धनुषाको नगराइन नगर पालिका वार्ड ५ का रामपति मुखिया ‘विन’ र ६५ वर्षीय महावीर दासको मृत्यु भएको स्थानीयले बताएका छन् । हावाहुरी चलेपछि डर-त्रासकै कारण नै यी दुईको मृत्यु भएको गाउँलेको कथन छ ।

सोही वडामा एक वर्कशॉपको जस्ता पाताले बनेको शम्पूर्ण छाना नै उड़ाइदिएको छ । यता जनकपुर उप-महानागरपालिका मिल्स एरियामा समेत एक घरमा लगाइएको इन्टरनेट टावर पनि हावाले उड़ाएर ध्वस्त बनाएकाे छ । जनकपुरकै पुलचौकमा बिजुलीकाे पोल हावाले ढालेको छ । जनकपुरको वार्ड ७ , ४ र ९ मा रातिदेखि नै बिजुली पनि काटिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुर- ४ स्थित पीडरीया माईमा ४ लाख बराबर गाईगोठ क्षति भएको, नागराईन- २ स्थित पंचा यादवका दुइवटा घरमध्ये एक पूर्ण क्षति र अर्कोमा सामान्य क्षति भएकाे छ ।

त्यस्तै जनकपुरको पुलचौक मा तीनवटा बिजुली पोल ढलेको प्रहरीले जानकारी दिएकाे छ । यसबारे थप विवरण संकलन भइरहेकाे जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments