Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

                                  शेरबहादुर कार्की

बि.सं. २०५२ साल बाट प्रारम्भ भएको नेपालको दीर्घकालिन जनयुद्ध आगो झैं तातो र हिउँ झैं चीसो बनेर नेपाली धर्तीमा स–गौरब फैलियो । परिवर्तकारी चेत बोकेका यो देशका होनाहार शहासी युवाहरु महान जनयुद्धमा स्वतस्फुर्त लामबद्ध भए ।

“टाउको झोलामा जिउ खोलामा” र “गोजी भरि पैसाको” को तत्कालीन सरकारी दमनकारी घिनलाग्दो आन्तरिक नीतिलाई बेवास्ता गरी तत्कालिन नेकपा माओवादी पार्टीले लिएको ससस्त्र बिद्रोहको नीतिलाई आत्मासात गरी योद्धाहरु निरन्तर अघिबढे । फलस्वरुप आज देशले समाजवाद उन्मुख नयाँ जन –संविधान समेत प्राप्त गरेको छ । यो उपलब्धी र परिवर्तन मागेर पाएको र आएको होइन । हजारौं शहिदको आलो रगतको परिणम हो । जे–जस्तो भएपनि प्रगतिशिल परिणाम त प्राप्त भयो तर आज परिवर्तनको खातिर कपन बाँधेर मुत्ती युद्ध र आन्दोलनमा होमिएका योद्धा नेता–कार्यकर्ताको अवस्था के छ आज ?

“मुक्ती कि मृत्यु ” को कसम खाई आ–आफ्ना ठाउँबाट संघर्षमा होमिएर आएका कार्यकर्ताहरु आज माओवादी केन्द्र पार्टीको राजनीतिमा निल्नु न ओकल्नुको अवस्थामा रहेका छन् । हिंजो आफ्नो ब्याक्तिगत जीवन,उन्नति, प्रगति, पारिवारिक स्वार्थ, हाँसो खुसी आदि सबै तिलाञ्जली दिएर पार्टीको घोसित नीति तथा कार्यक्रमलाई हरतरहले सफल पार्न लागिपरेका आदर्शवादी कार्यकर्ताहरु लाई आज पार्टी भित्र दिनानुदिन कुचोले बढार्दै पाखा लगाउने प्रबृत्ति बढ्दै गएको देखिन्छ ।

पार्टी भित्र अनावस्यक घुषपैठ, चाकरीबाज, पैसाले नेतृत्व किनेर आँफू नेतृत्वको भर्याङ चढ्दै माथि उक्लने प्रबृत्ति भएका अवसरवादी तथा स्वर्थी कार्यकर्ताको चंगुलमा फसेर पार्टीको नेतृत्व साँच्चै अनुदारवादी र बिकृत बन्दै गएको देखिन्छ । सिद्धान्तको राजनीति गर्ने, आदर्शवादी चिन्तन बोकेर राजनीति गर्ने तथा बर्गीय राजनीति गर्ने इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाइदै छ ।

सर्वहाराको नाममा राजनीति गर्ने सुटेडबुटेड तथा चिल्ला गाडीमा सबार गरेर जनताको घर–आँगनीमा नटेकी शहरमा बसेर गाउँको भ्रमपूर्ण राजनीति गर्नेको पार्टी भित्र अप्राकृतिक हुक लगाएर बढुवा हुनेक्रम बढेको छ । सत् चरित्र भएका सज्जन इमान्दार आदर्शवान नेता–कार्यकर्ताहरु लाई अवसरवादी चाकरीबाजहरुले बिभिन्न लान्छना लगाई पालैपालो सफाचट् गर्दै जाने प्रबृत्ति पार्टी भित्र बढ्नुले उपल्लो नेतृत्व क्रमश बिकृत, निरिह र नपंसक बन्दै गएको देखिन्छ ।
पार्टी संगठन तथा जनबर्गीय संगठनका सबै तह र इकाईहरुमा आफु अनुकुलका कार्यकर्ताहरुलाई मात्र भित्रभित्रै सेटिङ गर्ने र अन्यलाई क्रमशः बढार्दै जाने परिपाटी अन्तरिक रुपमा हुर्कदै गएको छर्लङ्ग छ ।

हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमाले पार्टी बीच निकट भविष्यमै एकिकरण समेत हुन गइरहेको परिप्रक्षमा नेतृत्व पंत्तिबाट यसरी धकेलिंदै गएका बिगत देखि बर्तमान सम्म लामो सक्रिय लडाकु इतिहाँस बोकेर बसेका ती आम इमान्दार चाप्लुसी गर्न नसक्ने स्वाभिमानी कार्यकर्ताहरुलाई पार्टीले कहाँ कसरी ब्यवस्थापन गर्ला ? जिज्ञासा र कौतुहलको बिषय बन्न पुगेको छ ।

नेतृत्व गणहरु हो !!! आलो रगतले लेखिएको रक्तरंजित इतिहाँसलाई नभुल । कम्युनिष्ट पाटीहरु एकिकरण हुँदैजाने क्रममा टाठोबाठो पन देखाएर लुसुक्क पार्टीमा स्वर्थको भकारी बोकेर छिरेका गैर कम्युनिष्ट चरित्रका नौंटङ्गी नेताको पहिचान गर । लोभीपापी आँफुमात्र ब्यवस्थित हुने क्रममा होइन् पहिला आम कार्यकर्ताहरुको हैसियत अनुसारको उचित ब्यवस्थापन गर्न सक्नु पर्दछ । तब मात्र सफल नेतृत्व बन्न सकिन्छ । नत्र भयानक दुर्घटना हुुनसक्छ चेतना भया ।

उपाध्यक्ष ः नेपाल राष्ट्रिय प्राध्यापक संगठन
प्रदेश समिति , प्रदेश नं. १ नेपाल

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments