Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

माओवादी किन एमालेसँग झस्किन्छ ?

१) ०६४ सालको संविधानसभाको निर्वाचनमा तत्कालीन एमालेका महासचिव माधव नेपाल दुवै ठाउँ (रौतहट र काठमाडौँ)बाट पराजित भएका थिए । जतिबेला प्रचण्डले नेपाललाई आफ्नै हातले पत्र लेखेर संविधानसभामा आउनुपर्नेमा जोड दिएका थिए । अन्ततः नेपाल सभासद् पनि भए । तर, सभासद् भएका नेपाल संसदीय दलको नेता नभइ कांग्रेसको समर्थनमा प्रधानमन्त्री भए । त्यसपछि माओवादी ६ दिने साङ्ले जुलुससहित नेपाल नेतृत्वको सरकारविरुद्ध आम हड्तालमा उत्रिएको थियो । त्यतिबेला प्रचण्ड–नेपालबीचको सम्बन्धमा निकै ठूलो दरार आएको थियो ।

२) माओवादी नेताहरूका अनुसार रुकमाङ्गत कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गर्न एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले समर्थन गरेका थिए । तर, चीन भ्रमणबाट फर्किएलगत्तै उनले सेनापतिलाई हटाउने कारबाहीको विपक्षमा अभिव्यक्ति दिए । सेनापतिलाई हटाउने मन्त्रिपरिषद्को प्रस्ताव राष्ट्रपतिले प्रमाणिकरण नगर्दै सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका थिए । लगत्तै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

३) केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले समर्थन गरेका थिए । उनीहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भद्र सहमति भएको थियो । भद्र सहमति एमालेले लत्याएको भन्दै माओवादी आफैँले समर्थन गरेको सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता ग¥यो । जतिबेला संसद्मा ओली–प्रचण्ड घोचपेच र छेडछाडमा उत्रिएका थिए । त्यतिबेलै प्रचण्डले संसद्मा भनेका थिए, ‘नेपाली राजनीतिमा भद्र सहमति नगरैकै बेस !’

प्रचण्डले एमालेका तीनै नेतालाई प्रधानमन्त्री बनाउने भूमिका खेलेकाले एमालेले माओवादीप्रति अविश्वास नगर्ने दाबी गरे । उनले एमाले–माओवादीबीच भाइबन्धुको जस्तो सम्बन्ध रहेको पनि बताएका थिए । प्रचण्डले एमाले–माओवादीले पदका लागि नभइ समाजवादउन्मुख देशको विकास र सम्बृद्धिका लागि पार्टी एक गर्न लागेको प्रष्टिकरण दिएका थिए ।

एमाले किन माओवादीसँग झस्किन्छ ?

माओवादीले पहिले पार्टी एकता अनि मात्रै सरकार गठन गर्नुपर्ने अडान तेस्र्याएपछि एमाले झस्किएको छ । एमालेभित्र ओली र नेपाल समूह ६०र४० भागबण्डामा विभक्त छ । अहिले एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट पाएको जम्मा सिट ८० हो । जहाँ एमालेका सूर्य चुनाव चिन्हबाट हृदयेश त्रिपाठी र वृजेश गुप्ता विजयी भए । यि दुई सांसदले एमालेको ह्विप नमान्न सक्छन् । भने बाँकी ७८ जनाले एमालेको ह्विप उलंघन गर्ने छैनन ।

संवैधानिक व्यवस्थाअनुसार पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुन योग्य हुनेछ । ७८ सिटमध्ये अहिले ओली–गौतम–ईश्वर पोख्रेल समूहको ५२, नेपाल–खनाल समूहको २६ जना सांसद छन् । एमालेले समानुपातिकबाट ४१ सिट पाउँछ । जुन सिट ओली–नेपाल समूहबीच भागबण्डा गर्नुपर्ने हुन्छ । त्यसोहुँदा, ओली खेमाले समानुपातिकबाट २५र३० को संख्यामा सिट लिएर बाँकी नेपाल खेमालाई दिनुपर्छ । ओली, गौतम र पोख्रेलको जम्मा सिट जोड्दा बढीमा ७७ देखि ८२ को हाराहारीमा पुग्छ । पार्टी एकताअघि नै सरकार गठन भए ओली संसदीय दलको नेता पक्कापक्की बन्छन् ।

तर सरकार गठन अघि पार्टी एकता भए माओवादीको प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ गरी ५३ सिट एकीकृत पार्टीमा जोडिन्छ । पार्टी एकतापछि सरकार गठन भए ओलीको बाधक नेपाल बन्नेछन् । प्रचण्ड, नेपाल–झलनाथ र गौतमको समीकरण बने ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोे एमाले नेता नै बताउँछन् । ति नेताले लिखित रूपमा सहमति भए ओली प्रधानमन्त्री बन्ने सम्भावना पनि जीवितै रहेको बताए । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया