Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । इनम सापकोटाको मानवअधिकार संरक्षणका लागि उनकातर्फबाट उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन् ।
सापकोटालाई गैरन्यायिकरुपमा हिरासत राखिएको दाबीसहित जीवन रक्षाको माग गरिएको छ । इनमलाई नियन्त्रणमा लिएपश्चात दुई दिनसम्म आँखामा पट्टी बाँधे राखिएको र विभिन्न मानसिक यातना दिइएको दाबी उजुरीमा गरिएको छ ।

पाण्डेले कृत्रिम बौद्धिकता (एआई) बाट समेत फर्जी प्रमाण सिर्जना गरिएको दाबी पनि उजुरीमा छ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङ जस्ता अडियोबारे आफन्त र पछि प्रहरीको थप बयानका क्रममा सुनाउँदा थाहा पाएको सापकोटाले उजुरीमा बताएका छन् ।

आफूलाई थुनामै राख्ने मनसायले सम्पत्ति शुद्धीकरण मुद्दा थप गरिएको भनाई समेत सापकोटाको छ । पक्राउका कारण नेपालको संविधानको धारा २० ले सुनिश्चित गरेको ‘निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको हक’ तथा धारा २८ (गोपनीयताको हक) कुण्ठित भएको इनमको दाबी छ । उजुरी मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई बुझाएर दर्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया