Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धानका लागि अदालतले चार दिनको थुना म्याद दिएको छ ।

शुक्रबार ९मंसिर ११० काठमाडौं जिल्ला अदालतमा भएको बहसपछि अर्याललाई चारदिने थुना म्याद दिइएको सूचना अधिकारी शिव खतिवडाले बताए । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय लगेर आजै अदालतमा उपस्थित गराएको थियो ।

भारतमा पक्राउ गरेर नेपाल ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर ठगी गरेको कसुरमा अर्याल पक्राउ परेका थिए। अर्याल बिहीबार ९मङ्सिर १०० पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया