झापा, ८ मंसिर २०८३ । झापा कारागारबाट उपचारका लागि मोरङ लगिएका झापा भद्रपुरका एक युवक अस्पतालबाट फरार भएका छन् ।
फरार हुनेमा भारत पश्चिम बंगाल अछाम घर भइ हाल भद्रपुर-४ बस्ने ३० वर्षीय सुमन भन्ने सन्तोष राई रहेका छन् । चोरी मुद्धामा २०८२ बैशाख २८ गतेबाट राईले झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए ।
विरामी भएपछि उनलाई गत बैशाख २८ गते झापा कारागारबाट मोरङ कारागार लगिएको थियो । सोही दिनदेखि उनलाई विराटनगर-७ स्थित क्षयरोग अस्पताल भर्ना गरिएको थियो । हिजो बिहान ७:१५ बजे सोही अस्पतालबाट उनी फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा र मातहतसमेतबाट प्रहरी टोली परिचालन गरी खोजतलास भइरहेको जनाइएको छ ।






