Online Bichar
शनिबार, कार्तिक २९, २०८३ | Saturday, November 14, 2026

काठमाडौं, २७ कार्तिक २०८३ । छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग सोमबार (कात्तिक ३०) खुला रहने भएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए ।

महानिर्देशक विश्वकर्माका अनुसार, विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ देखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए ।

छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया