Online Bichar
आइतबार, कार्तिक २३, २०८३ | Sunday, November 8, 2026

झापा, २१ कार्तिक २०८३ । झापा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत वडा नं ६ निवासी कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा आगलागी हुँदा ठूलो क्षति भएको छ।

आगलागीबाट गोठमा रहेका चारवटा खसीबोका जलेर मरेका छन्। त्यस्तै, भण्डारमा राखिएको धान, चामल तथा लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएका छन्।आगलागीमा परी दुईवटा गाई र बाच्छासमेत घाइते भएका छन् । पीडित राजवंशीलाई पनि सामान्य चोट लागेको छ ।

 

तपाईको प्रतिक्रिया