Online Bichar
सोमबार, कार्तिक १७, २०८३ | Monday, November 2, 2026

झापा, १६ कार्तिक २०८३ । बिर्तामोडमा ठूलो आवाजमा मोटरसाइकल चलाई आतंकित पार्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ८ बजे बिर्तामोड-५ लालीगुँरास टोलमा मोरड विराटनगर घर भई हाल सोही टोलमा बस्ने ३० वर्षीय तार्केश्वर सहनीलाई को ३९ प ६००० नम्बरको एभेन्जर मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । रातको समयमा ठूलो आवाजमा मोटरसाइकल चलाई उनले टोलबासीलाई आतंकित पार्दै आएका थिए । टोलबासीले नै मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए ।

त्यस्तै गएराति नै बिर्तामोड –१ जगदम्बा टोलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कचनकवल –३ बस्ने बर्ष १८ का कमल राजवंशी र सोही ठाउँ बस्ने बर्ष २० का दर्पण राजवंशीलाई उनीहरुको साथमा रहेको प्र.१–०१–१७प ५०५२ नं. को मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया